चैत १५ गते तीनकुनेमा भएको घटनाको छानबिन माग गर्दै सिंहदरबारभित्रै प्रदशर्न गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पक्राउ परेका छन् । उनीहरूलाई नयाँबानेश्वरको प्रदर्शनस्थलतिर जानै नदिई प्रहरीले पक्राउ गरेर भ्यानमा हालेको हो ।