गृह मन्त्रालयले राप्रपाको भोलि हुने प्रदर्शनमा निषेधित क्षेत्रहरू तोड्ने भनी सार्वजनिक भएका समाचार, अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले संविधान विपरीतका कार्य र समाजमा अराजकता फैलाउने गतिविधि सह्य नहुने भन्दै कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, हिं'सात्मक वा अराजक गतिविधिमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ।

image